Pages

मुटु थिची आँखाबाट बर्षिनु त मैले थियो




निश्चल क्षेत्री 
मुटु थिची आँखाबाट  बर्षिनु त मैले थियो
सिसा सरी फुट्नु नभा चर्किनु त मैले थियो

छाती माथि तिम्लाई त्यसै टेक्न देको होइन मैले
तिमलाई माथि पुर्याउन दबिनु त मैले थियो

सलेदो या तेल मध्ये कुनै एक रोज भन्यौ
जे रोजे नी सुक्नु या सल्किनु त मैले थियो

मेरो मुटु जलाएर गजलकार बन्यौ तिमी
तिमले पाको  वाह्!! सँगै तड्पिनु त मैले थियो

No comments: