Pages

सलह झै अभाबहरु सल्के पछी रोए

       गजल    
                                 निश्चल क्षेत्री 
सलह झै अभाबहरु सल्के पछी रोए
पिडाहरु आँखाबाट छल्के पछी रोए

जिन्दगीमा सुख दु:ख बरोबरी भन्थे
दु:ख तिरै तुलो बढी धल्के पछी रोए

धेरै सहे हृदयमा बिझ्ने कांडाहरु
चोटहरुले सताउन पल्के पछी रोए

दु:ख भरी साथ दिने प्रक्रिती हो भन्थे
जुन रुदै शित माथि ट्लके पछी रोए

No comments: