Pages

मित्रमणी आचार्य दिवस मनाइयो

मित्रमणी आचार्य दिवस मनाइयो

अखिल (छैठौ) पाल्पाले २८औ मित्रमणी आचार्य दिवस एक कार्यक्रमका बिच मनाएको छ  । २०४२ साल बैशाख १८ गते






अर्थात आज कै दिन आफ्ना विद्यार्थी नेता मित्रमणी आचार्यको चितवन स्थित मेघौलीमा कांगे्रसीहरुले हत्या गरेका थिए । प्युठानबाट अध्ययनको शिलशिलामा चितवन पुगेका आचार्य विद्यार्थी मात्र नभएर रामपुर कृषि क्याम्पस चितवनका स्ववियु सभापति समेत थिए । पक्लिहवा कृषि क्याम्पस भैरहवामा समेत स्ववियु सभापतिमा निर्वाचित मित्रमणि स्नातक तहको अध्ययनको शिलशिलामा चितवन पुगेको र सोही स्थानमा तत्कालिन अविभाजित अनेरास्ववियुका उपाध्यक्ष समेत रहेका थिए । अखिल (छैठौ)ले मित्रमणि आचार्यलाई सहिद समेत घोषणा गरिसकेको छ र सरकारलाई पनि शहिद घोषणाको लागि आग्रह गरे पनि सरकारले उपेक्षा गर्दै आएको छ । स्मरण रहोस सत्ता समेत सञ्चालन गरिसकेको एकिकृत माओवादीले पनि आचार्यलाई आफ्ना कार्यकर्ता भएको दाबी गर्दै आएता पनि शहिद घोषणा गर्ने कुनै पहल गरेन । उक्त समयमा पार्टी विभाजन नै नभए पनि दुई लाइन को संघर्ष उत्कर्समा थियो । स्मृति सभाको सञ्चालन जिल्ला सचिब निश्चल क्षेत्री स्वागत जिल्ला सदस्य लंक बहादुर थापा र अध्यक्षता जिल्ला उपाध्यक्ष यसोदा थापाले गर्नु भएको थियो । प्रमुख अथीती युनियनका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेश्मराज कंडेलले गर्नु भएको थियो । कार्यक्रममा राजमो तानसेन नगर समीतीका अध्यक्ष टिकाराम पौडेल, युनियन कि पूर्व जिल्ला कोषाध्यक्ष विद्या दर्लामी, विज्ञान संकाय प्रथम बर्षका अध्यक्ष झपेन्द्र कोइराला लगायतले मित्रमणी आचार्यको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोमा हिड्नु पर्ने र बाँकी कार्यभार अहिलेको पिढीले पुरा गर्नु पर्नेमा  जोड  दिनु भएको थियो । यसै बीच १२४औ श्रमीक दिवस (मे दिवस) पनि मनाउदै अखिल (छैठौ) पाल्पाका सचिब निश्चल क्षेत्रीले दिवसको मुल स्प्रित प्रति ऐक्यबद्धता जनाउनु भएको छ । आज नै विभिन्न संगगन परित्याग गरी ९ जना विद्यार्थीहरु अखिल (छैठौ) प्रवेश गरेका छन । नव प्रवेशी विद्याथीहरुलाई जिल्ला अध्यक्ष रेश्म कंडेलले टिका लगाएर संगठन प्रवेश गराउनु भएको हो ।

No comments: